कारोबार


माछापुच्छ्रे बैंक र एडीबीबीच कर्जा तथा ट्रेड सहयोग सम्झौता

माछापुच्छ्रे बैंक र एडीबीबीच कर्जा तथा ट्रेड सहयोग सम्झौता

नेपालखबर
माघ २, २०७७ शुक्रबार १२:३९,

माछापुच्छ्रे बैंक लि. र एशियन डेभलपमेन्ट बैंक (एडीबी) बीच एडीबीको ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्राम अन्तर्गत कर्जा तथा ट्रेड सहयोगका लागि सम्झौता भएको छ।

सम्झौता पत्रमा एशियन डेभलपमेन्ट बैंक (एडीबी)को तर्फबाट स्टेभनविक सल्लाहकार तथा प्रमुख ट्रेड एण्ड सप्लाई चेन फाइनान्स, प्राईभेट सेक्टर सञ्चालन विभाग तथा माछापुच्छ्रे बैंक लि. को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरे। 

एडीबीको ‘एएए क्रेडिट’ मान्यता प्राप्त ट्रेड एण्डसप्लाई चेन फाइनान्स प्रोग्रामले एसियामा आजसम्म २०० भन्दा बढी बैंकहरुसँग सहकार्य गरिसकेको छ। उक्त सम्झौता पश्चात माछापुच्छ्रे बैंकका कृषि क्षेत्र, निर्माण सामग्री तथा मेसिनरी, सोलार प्यानल तथा टेक्सटायल जस्ता विभिन्न क्षेत्रका साना तथा मझौला व्यवसायी ग्राहकहरुलाई अन्तर्राष्ट्रिय बजारमा ट्रेड तथाग्यारेन्टीसँग सम्बन्धित कार्यमा सहज हुनेछ।

आफ्ना ग्राहकलाई विश्वसनीय तथा परिमार्जित सेवा प्रदान गर्दै आइरहेको माछापुच्छ्रे बैंक लि.ले एडीवीसँग ट्रेड फाइनान्स प्रोग्राममा गरेको सम्झौताले देशको आर्थिक विकासमा ठुलो टेवा पुग्ने विश्वास लिएको छ।

स्थापनाकालदेखि नै माछापुच्छ्रे बैंक लिरिटेल, कर्पाेरेट तथा ट्रेजरी जस्ता सम्पूर्ण व्यावसायिक सेवाको क्षेत्रमा नयाँ–नयाँ प्रविधिहरुको माध्यमबाट सरल र सहज बैंकिङ सेवा प्रदान गर्नकालागि कटिवद्ध रहदै आएको छ।

पूर्वदेखि पश्चिम साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १५१ शाखारहित बैंकिङ सेवा र ५ एक्सटेन्स काउण्टरसमेत गरी जम्मा ३१६ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पीओएस पीओएसमार्फत ग्राहकहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैंकिङ सुबिधा प्रदान गरिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad