प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले देवराज घिमिरेलाई कारबाही गरी घनेन्द्र बस्नेतलाई प्रदेश १ को अध्यक्ष बनाउने निर्णय गरेको छ।
पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको स्थायी कमिटीको बैठकले मोरङ जिल्लाका इन्चार्ज रहेका बस्नेतलाई अध्यक्ष बनाउने निर्णय गरेको हो।
नेकपाले यसअघिका अध्यक्ष देवराज घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको समर्थन गरेको, पार्टी हितविपरीत गतिविधि गरेको भन्दै उनलाई कारबाही गरेको हो।
याे पनि : विष्णु पौडेललाई महासचिवबाट हटाउने प्रचण्ड–नेपाल समूहको निर्णय
त्यसैगरी बैठकले जयन्ती राई, राजेन्द्र राई, राम कार्की, पदम राई र पेशल खतिवडालाई प्रदेश १ को सह–इन्चार्ज बनाउने निर्णय गरेको स्थायी कमिटीका सदस्य बेदुराम भुसालले बताए।
सोही बैठकले प्रधानमन्त्री ओलीमाथि पार्टी सदस्यबाट किन कारबाही नगर्ने भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। त्यसैगरी विष्णु पौडेललाई महासचिवबाट हटाउने निर्णय समेत गरेको भुसालले बताए।
प्रतिनिधससभा विघटन गरेको भन्दै प्रचण्ड नेपाल समूहले पुस ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएको थियो।
याे पनि : ओलीलाई पार्टीबाट निकाल्ने प्रचण्ड–नेपाल समूहको तयारी, सोध्यो स्पष्टीकरण

प्रतिक्रिया