ad ad

कारोबार


आरम्भ चौतारीले दुई लघुवित्तलाई गाभ्ने

आरम्भ चौतारीले दुई लघुवित्तलाई गाभ्ने

नेपालखबर
पुस २३, २०७७ बिहिबार १६:०,

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले थप दुई वटा वित्तीय संस्थालाई गाभ्ने भएको छ।

सो संस्थाले देउराली लघुवित्त वित्तीय संस्था र विपिडब्ल्यू लघुवित्त वित्तीय संस्थालाई गाभ्न लागेको हो। एक आपसमा संस्था गाभ्ने भन्दै गत असोज ९ गते नेपाल राष्ट्र बैंकमा सैद्धान्तिक सहमतिका लागि निवेदन दिइएको थियो।

सैद्धान्तिक सहमतिका लागि आवेदन गर्दा सिवाईसी नेपाल र शालिग्राम लघुवित्तलाई गाभ्ने निर्णय भएको थियो। तर, यही पुस ७ गते ती संस्थासँगको प्रारम्भिक सहमति रद्द गरेको केन्द्रीय बैंकलाई जानकारी गराएको थियो।

केन्द्रीय बैंकले पछिल्लो सहमतिलाई यही पुस २२ गते बुुधबार एक आपसमा गाभिनका लागि स्वीकृति दिएको छ। आरम्भ चौतारीका अध्यक्ष जगतबहादुर पोखरेलका अनुसार कूल शेयरपूँजी रु २६ करोड ३४ लाख ४८ हजार रहेको छ। यस्तै गाभिन लागेको विपिडब्लयूको रु दुई करोड तीन लाख शेयर पूँजी छ भने देउरालीको रु दुई करोड ४० लाख शेयर पूँजी छ।

बनेपामा केन्द्रीय कार्यालय रहेको आरम्भ चौतारीले बुटवलमा केन्द्रीय कार्यालय रहेको देउराली र बनेपामा केन्द्रीय कार्यालय रहेको विपिडब्ल्यू लघुवित्त प्राप्ति गर्न लागेको अध्यक्ष पोखरेलको भनाइ छ।

प्राप्तिसम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको जानकारी दिँदै पोखरेले उक्त कदम वित्तीय स्थायित्वका लागि एउटा कोशेढुङ्गा हुने बताए। आरम्भ चौतारीका ४५ जिल्लामा १०७ शाखा छन्। कूल लगानी रु तीन अर्ब २३ करोड ९२ लाख छ भने बचतमा रु एक अर्ब तीन करोड ९१ लाख छ।

यस्तै सदस्य सङ्ख्या ६८ हजार ४६ जना छन्। यस्तै देउरालीको आठ जिल्लामा १२ शाखा र विपिडब्ल्यूको पाँच जिल्लामा पाँच शाखा सञ्चालनमा छन्। शेयर स्वाप अनुपात १००ः ९५ हुनेगरी प्राप्ति गर्न लागिएको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .