मोटरसाइकल दुर्घटनामा परी राष्ट्रिय समाचार समिति इलामका मंगलबारे संवाददाता टीका खतिवडा गम्भीर घाइते भएका छन्।
सदरमुकाममा आफ्नै मोटरसाइकल चलाउने क्रममा दुर्घटनामा परेर खतिवडा घाइते भएका हुन्।
उनलाई उपचारका लागि झापाको बिएण्डसी अस्पतालमा भर्ना गरिएको छ। दुर्घटनामा परेर खतिवडाको कम्मरको माथिल्लो भागको भित्री अङ्ग फियोमा गम्भीर समस्या देखिएको चिकित्सकले जनाएका छन्।
अस्पतालले उपचारका लागि शल्यक्रिया गर्नुपर्ने बताएपछि उपचारार्थ अर्थ संकलनसमेत थालिएको छ। रासस
प्रतिक्रिया