हिमालयन बैंक लिमिटेडले मदन भण्डारी स्मृति बाटिका संरक्षण समितिलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
सुबिधानगर, कोटेश्वरमा रहेको साे संस्थालाई बैंकले विभिन्न रुख–विरुवा खरिद गर्नका साथै उक्त बाटिको संरक्षण तथा सर–सफाईका लागि सो रकम उपलब्ध गराएको हो।
उपत्यका वातावरण विकास तथा संरक्षणका लागि समितिले विभिन्न कार्य गर्दै आएकोले सहयाेग प्रदान गरिएको बैंकले जनाएको छ।
प्रतिक्रिया