ad ad

कारोबार


जाडो र गर्मी दुवै मौसममा प्रयोग गर्न मिल्ने सीजीका एसी बजारमा

जाडो र गर्मी दुवै मौसममा प्रयोग गर्न मिल्ने सीजीका एसी बजारमा

नेपालखबर
पुस १६, २०७७ बिहिबार ६:५५,

नेपालको चर्चित इलेक्ट्रोनिक्स ब्राण्ड सीजीले जाडो र गर्मी दुवै मौसममा प्रयोग गर्न मिल्ने, कम विद्युत् खपतका एसीहरु बजारमा ल्याएको छ।

सबै किसिमको मौसममा उपयुक्त हुने एसी अहिले विशेष त बढ्दो जाडोलाई मध्यनजर गर्दै उपलब्ध गराएको हो।

सीजीले हालै आफ्ना सबै ग्राहकका लागि ‘हर मौसममा बचत’ नामक योजना ल्याएको छ। यसको उद्देश्य जाडोयाममा जीवन सरल, सहज बनाउँदै विद्युतमा पनि बचत गराउनु भएको कम्पनीले जनाएको छ।

अधिक एसीको प्रयोगले गर्दा जाडो मौसममा विद्युतको शुल्क अधिक आउने गरेको र यसले ग्राहकहरुलाई जाडो सहनुपर्ने वा चर्को शुल्क तिर्न बाध्य बनाउँछ। तर सीजी इन्भर्टरका एसीका साथ यस जाडोमा ग्राहकहरुले न्यानो प्राप्त गर्नेछन् भने विद्युतमा बचत पनि गर्नेछन्।

सीजी ब्राण्डका इन्भर्टर एसीहरु किफायती दाममा सर्वत्र बजारमा उपलब्ध छन्। सिजी ब्राण्डका जाडोमा प्रयोग हुने घरायसी समानहरु उच्च गुणस्तरको भरपर्दो र टिकाउ छन्।

सीजीका एसीहरु तीन प्रकारका छन्। यसमध्ये इन्भर्टर वाल माउन्ट, स्प्लिट टाइप एसी, अन अफ वाल माउण्न स्प्लिट टाइप एसी र सिलिङ क्यासेट टाइप एसी छन्। यी एसीहरु ०.७५ टनदेखि ३.० टनसम्म उपलब्ध भएकोले ग्राहकहरुले छानी छानी आफ्नो आवश्यकताअनुरुप लिन सक्नेछन्।

सीजीका एसीहरुमा ५ वर्षको वारेन्टी पाउनुका साथै काठमाडौं क्षेत्रभित्र २४ घण्टाभित्र नै जडान गरिदिने व्यवस्था पनि रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .