ad ad

राजनीति


प्रदेश १ का मुख्यमन्त्री राईलाई संसदीय दलको नेताबाट हटाइयो, नयाँ नेतामा भीम आचार्य

प्रदेश १ का मुख्यमन्त्री राईलाई संसदीय दलको नेताबाट हटाइयो, नयाँ नेतामा भीम आचार्य

नेपालखबर
पुस १६, २०७७ बिहिबार ७:११,

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले प्रदेश १ को संसदीय दलको नेताबाट मुख्यमन्त्री रहेका शेरधन राईलाई हटाउने निर्णय गरेको छ।

नेकपाको प्रदेश १ का सांसदहरुको हिजो बुधबार बसेको बैठकले उनलाई संसदीय दलबाट हटाउने निर्णय गरेको हो।

‘हिजो विराटनगरमा बसेको बैठकले शेरधन राईलाई संसदीय दलको नेताबाट हटाएर भीम आचार्यलाई दलको नेता चयन गर्ने निर्णय गरेको हो,’ प्रदेश १ का सांसद तथा निवर्तमान मन्त्री इन्द्र आङबोले नेपालखबरसँग भने।

सत्तारुढ नेकपा विभाजित भएपछि अहिले बिभिन्न प्रदेशमा त्यहाँका मुख्यमन्त्रीहरुविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने र संसदीय दलबाट हटाउने अभियान सुरु भएको छ।

यसअघि नेकपा सांसदहरुले नै प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलका विरुद्ध पनि अविश्वास प्रस्ताव दर्ता गराएका छन्।

प्रदेश ३ का बहुमत नेकपा सांसदले उनलाई संसदीय दलबाट हटाई नेकपाकै स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यलाई संसदीय दलको नेता चयन गरेका छन्।

प्रदेश १ का मुख्यमन्त्री राई र प्रदेश ३ का मुख्यमन्त्री पौडेलविरुद्ध सम्बन्धित प्रदेश सभामा अविश्वास प्रस्तावहरु पनि दर्ता गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .