सरकारले अध्यादेश ल्याएर पदमुक्त गराएका व्यक्तिलाई त्यही पदमा पुन: नियुक्त गरेको छ।
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ अनुसार वैशाख २१ गतेको सूचनाबा स्वत: पदमुक्त भएका सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक देवराज ढुंगानालाई सरकारले फेरि नियुक्त गरेको हो।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सूचना तथा सञ्चार मन्त्रालयको प्रस्तावमा केन्द्रको रिक्त कार्यकारी निर्देशक पदमा ढुंगानालाई पुन: नियुक्त गर्ने निर्णय गरेको छ।
'सुरक्षण मुद्रण केन्द्रको कार्यकारी अध्यक्ष पदमा देवराज ढुंगाना (मोरङ) लाई नियुक्त गर्ने', शिक्षामन्त्री सस्मित पोखरेलले भने।
यसअघि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०८१ मंसिर २७ गतेको मन्त्रिपरिषद् बैठकबाट उनै ढुंगानालाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो।
Shares

प्रतिक्रिया