कारोबार


अमेरिका पुगेर डेभिड मेरियटले भने- हाइकिङको ब्याकप्याक र परिवार लिएर चाँडै नेपाल आउनेछु

अमेरिका पुगेर डेभिड मेरियटले भने- हाइकिङको ब्याकप्याक र परिवार लिएर चाँडै नेपाल आउनेछु

नेपालखबर
असार १८, २०८३ बिहिबार २०:२०, काठमाडौँ

विश्वकै सबैभन्दा ठूलो होटल तथा आतिथ्य कम्पनीहरूमध्येको मेरियट इन्टरनेसनलका अध्यक्ष डेभिड मेरियटले नेपाल भ्रमणबाट आफू असाध्यै प्रभावित भएको बताएका छन्।

जेठ २४ र २५ गते नेपाल भ्रमण गरेर फर्किएका मेरियटले आज (बिहीबार) सामाजिक सञ्जाल लिंक्डइनमा नेपाल भ्रमणका तस्बिरहरू सेयर गर्दै भनेका छन्, ‘नेपालमा मेरो पहिलो भ्रमण अविस्मरणीय बनेको छ। हिमालयको प्राकृतिक सौन्दर्यसँगै नेपालीहरूको आत्मीय आतिथ्यता र सहकर्मीहरूको समर्पणले गहिरो प्रभाव पारेको छ। चाँडै पदयात्राको ब्याकप्याक र परिवारसहित नेपाल आउने आशा राखेको छु।’

उनले नेपालको हिमालय क्षेत्रको दृश्य अद्भूत रहेको उल्लेख गरेका छन्।

नेपाल भ्रमणका क्रममा मेरियटकै ब्रान्ड अलफ्ट काठमाडौँ ठमेलको रूफटप रेस्टुरेन्ट निलगिरिमा आयोजित विशेष कार्यक्रममा सहभागी भएका थिए। उक्त स्थानबाट देखिने मनमोहक हिमाली दृश्य आफ्ना लागि भ्रमणको सबैभन्दा स्मरणीय क्षणमध्ये एक रहेको मेरियटले उल्लेख गरेका छन्।

यस्तै मेरियट काठमाडौँ होटलमा आयोजित ‘कलर्स अफ वी’ कार्यक्रममा सहभागी हुँदै डेभिड मेरियटले नेपाली संस्कृति र परम्परासँग गहिरो सम्बन्ध रहेको मण्डला चित्रकला निर्माण गरेका थिए।

त्यसै गरी, सोल्टी काठमाडौँ अटोग्राफ कलेक्सनमा विशेष पेय पदार्थको स्वाद लिनुका साथै होटलको आन्तरिक संरचना, विभिन्न रेस्टुरेन्ट तथा विशाल कार्यक्रमस्थलहरूको अवलोकन गर्ने अवसर पाएको मेरियटले उल्लेख गरेका छन्।

मेरियटले नेपाल भ्रमणको क्रममा जेडब्लु मेरियट होटल काठमाडौँ भ्याली, द रिट्ज कार्लटन काठमाडौँ र द वेस्टिन काठमाडौँ नेपाल फ्रेन्चाइज होटलसम्बन्धी हस्ताक्षर समारोहमा पनि उनी सहभागी भएका थिए।

मेरियटले यी परियोजनाले नेपालको आतिथ्य उद्योग विस्तारको मार्ग प्रशस्त गर्नुका साथै जेडब्लु मेरियट र द रिट्ज कार्लटन जस्ता विश्वप्रसिद्ध लक्जरी होटल ब्रान्डहरूको नेपाल प्रवेशका लागि महत्त्वपूर्ण आधार तयार गरेको उल्लेख गरेका छन्।

सन् १९२७ मा स्थापना भएको मेरियट इन्टरनेसनलले १४० भन्दा बढी देश तथा क्षेत्रहरुमा मेरियट ब्राण्डको ९ हजार ९ सयभन्दा बढी होटल तथा रिसोर्टहरू सञ्चालनम छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad