त्यहाँका सरकारी सेनाका अनुसार बुधबार दिर अल–जोर प्रान्तमा सर्वसाधारण चढेको बस एम्बुसमा परेको हो।
यस घटनाको जिम्मा अहिलेसम्म कुनै समुहले लिएको छैन। यद्यपी बेलायतको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले यस घटनामा आइएस लडाकुको संलग्नता रहेको दाबी गरेको छ।
अब्जर्भेटरीका अनुसार यस आक्रमणमा सर्वसाधारण नभएर सेनाहरु मारिएका छन्। ३७ सेनाको मृत्यु भएको जनाइएको छ। तर सेना मारिएको विषयलाई सिरियाले पुष्टि गरेको छैन।
आइएस सिरिया र इराकमा गतवर्ष नै परास्त भएको घोषणा गरिएको थियो। यद्यपी केही क्षेत्रमा आइएस अझै सक्रिय रहेको र उसले दोहोर्याउँदै आक्रमणको घटना गराइरहेको छ। एजेन्सी
प्रतिक्रिया