नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडबाट कर्मचारी सञ्चय कोषका ऋणीहरुले लिएको कर्जाको साँवा, ब्याज तथा किस्ता रकम तिर्न सकिने भएको छ।
नेपाल बैंक लिमिटेडका देशभरका सम्पूर्ण २०३ शाखा तथा ३८ वटा एक्स्टेन्सन काउण्टरबाट समेत यो सुविधा लिन सकिनेछ।
बैंक मार्फत कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले मासिक सञ्चित रकम जम्मा गर्दै आईरहेकोमा अब उप्रान्त कर्जा भुक्तानीको सुविधा समेत उपलब्ध गराइएको बैंकले जनाएको छ।
33
Shares

प्रतिक्रिया