भारतीय पक्षबाट नेपाली चिया निर्यातमा हुँदै आएको अवरोध हटेको छ।
आज (मंगलबार) बाटै चिया निकासी पुनः सुरू भएको उद्योगमन्त्रीको सचिवालयले जनाएको हो।
गुणस्तर परीक्षणको बहाना बनाउँदै भारतले नेपाली चिया निकासी रोकेको थियो।
निर्यात ठप्प भएपछि झापाका ३० वटा सीटीसी र इलामका ६५ वटा अर्थोडक्स चिया उद्योगहरू असार १ गतेदेखि पूर्णरूपमा बन्द भएका थिए।
उद्योग मन्त्रालयले भारतीय अधिकारीहरूसँग कूटनीतिक र प्राविधिक तहमा छलफल गरेर अवरोध हटाएको मन्त्रीको सचिवालयको भनाइ छ।
उद्योग मन्त्रालयका अनुसार अब उप्रान्त गुणस्तर परीक्षण वा अन्य कुनै पनि बहानामा नेपाली चिया निकासीमा अवरोध नहुने सहमति बनेको छ।
51
Shares

प्रतिक्रिया