कारोबार


आईसीटी विकास सूचकांकमा नेपालको ६८.१ अंक

आईसीटी विकास सूचकांकमा नेपालको ६८.१ अंक

नेपालखबर
असार १६, २०८३ मंगलबार १८:४१, काठमाडौँ

आईसीटी विकास सूचकांक (आईडीआई) २०२६ मा नेपालले ६८.१ अंक प्राप्त गरेको छ। 

तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नियामक नेपाल दूरसञ्चार प्राधिकरणले पर्याप्त जानकारी अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) लाई नपठाउँदा यसअघि सन् २०२३, २०२४ र २०२५ मा नेपालको आईडीआई स्कोर समेटिएको थिएन। प्राधिकरणका तत्कालीन अध्यक्ष भूपेन्द्र भण्डारीको कार्यकालमा आईटीयूलाई प्राधिकरणले कुनै विवरण नै पठाएको थिएन। 

यस पटक भने सबै विवरण पठाएपछि आईटीयूले सन् २०२६ मा नेपाललाई ६८.१ अंक दिएको छ। यो अंक आईटीयूले अर्थतन्त्रको आधारमा तय गरेको छ।

प्राधिकरणका अनुसार यसरी आईटीयूको अंकले नेपालले आफ्नो र्‍याङकिङ कता हो भन्ने जवाफ विश्व समुदायलाई प्रवाह गर्न पाउने जनाएको छ। नेपालको सूचना प्रविधि क्षेत्र कहाँ बलियो छ, कहाँ सुधार गर्नुपर्छ भन्ने सन्देश समेत यो अंकले प्रदान गर्ने विश्वास छ। 

सन् २०२६ को विवरणमा १५९ देशका अर्थतन्त्रलाई समेटिएको छ। जसअनुसार औसत आईडीआई अंक ७९ छ। सबैभन्दा कम अंक २५ छ भने सर्वाधिक १०० छ। 

५९ देशहरू ९० र १०० को अंकमा पर्दा ३५ देश ८० देखि ९० को अंकमा परेका छन्। १५ देशहरू भने ५० अंकभन्दा तल छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad