ad ad

कारोबार


रिचार्जरको क्रिसमस अफरः ७ हजार ८ सय रुपैयाँको मासिक किस्तामा आईफोन १२

रिचार्जरको क्रिसमस अफरः ७ हजार ८ सय रुपैयाँको मासिक किस्तामा आईफोन १२

नेपालखबर
पुस ८, २०७७ बुधबार ५:४८,

मोबाइल एप रिचार्जरले क्रिसमसको अवसर पारेर छुट अफर सार्वजनिक गरेको छ।

यसका साथै रिचार्जरले आईफोन १२ किन्न चाहनेहरुलाई ७ हजार ८ रुपैयाँको मासिक किस्तामा १२८ जीबी स्टोरेज भएको आईफोन १२ उपलब्ध गराउने भएको छ।

यसका लागि डाउन पेमेन्टमा कुनै शुल्क नलाग्ने तर क्रेडिट कार्ड अनिवार्य हुनेछ।

माछापुछ्रे बैंक, एनआईसी एसिया बैंक, सिद्धार्थ, ग्लोबल आईएमई, मेगा बैंकका क्रेडिटकार्ड वाहले तत्काल आईफोन खरिद गर्न सक्नेछन्।

अरुले भने रिचार्जरको मोबाइल एपबाट नयाँ प्रक्रियाबाट शून्य प्रतिशत ब्याजदरमा आईफोन खरिद गर्न सक्नेछन्।

गुगल प्ले तथा एपस्टोरबाट रिचार्जर एप डाउनलोड गरी क्रिसमसका अन्य अफरमा सहभागी हुन सकिनेछ।

रिचार्जरले अफरको समयमा १२ रुपैयाँमा आईफोन १२ जित्ने व्यवस्था गरेको छ। यसका लागि एपबाट गोलाप्रथाका लागि १२ रुपैंयामा टोकन खरिद गर्नुपर्ने रिचार्जरले जनाएको छ।

त्यसैगरी रिचार्जरले क्रिमसको अवसरमा गिफ्टहरुको खरिदमा ७० प्रतिशतसम्म छुट उपलब्ध गराउनेछ ।

गुगल प्ले तथा एप स्टोरबाट रिचार्जरको एप डाउनलोड गरि एकाउण्ट खोल्दा १ हजार क्यास प्वाइन्ट पाउन सकिन्छ।

यसका साथै रिचार्जरबाट मोबाइल रिचार्ज गर्दा शतप्रतिशत क्यास प्वाइन्ट पाउन सकिन्छ।

अन्य सेवाहरुको महसुल भुक्तानीमा पनि पाइने क्यास प्वाइन्टलाई रिचार्जरबाट सामान किन्दा छुटका रुपमा प्रयोग गर्न सकिन्छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .