ad ad

राजनीति


ओली समूहले नयाँ थपिएका केन्द्रीय सदस्यलाई प्रशिक्षण दिने, यी हुन् मुख्य प्रशिक्षक

ओली समूहले नयाँ थपिएका केन्द्रीय सदस्यलाई प्रशिक्षण दिने, यी  हुन् मुख्य प्रशिक्षक

नेपालखबर
पुस ८, २०७७ बुधबार ६:६,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहले नयाँ थपिएका केन्द्रीयहरुलाई प्रशिण दिने भएको छ।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली समूहले बुधबार सातै प्रदेशबाट थपिएका नयाँ केन्द्रीय सदस्यहरुलाई छुट्टाछुट्टै प्रशिक्षण दिन लागेको बताए।

सो समूहका केन्द्रीय सदस्य सूर्य थापाले प्रशिक्षणका लागि वक्ताहरुसमेत तोकिएको जानकारी थिए।

यी हुन नयाँ केन्द्रीय सदस्यलाई प्रशिक्षण दिने मुख्य प्रशिक्षकहरु

१, सुदूरपश्चिम प्रदेश– लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा. विन्दा पाण्डे,

२, कर्णाली प्रदेश– शंकर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्य ।

३, लुम्बिनी प्रदेश– विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, मणिचन्द्र थापा र गोमा देवकोटा,

४, गण्डकी प्रदेश– टोपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरूङ, किरण गुरूङ र सीता पौडेल,

५, बागमती प्रदेश– ईश्वर पोखरेल, टोपबहादुर रायमाझी र पद्मा अर्याल,

६। प्रदेश २– ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतो ।

७। प्रदेश १ – सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र डा. शिवमाया तुम्बाहाम्फे

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली समूहको केन्द्रीय सदस्यहरुको बैठकले केन्द्रीय समितिमा ५ सय ५६ सदस्य थप गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .