ad ad

कारोबार


१३ वटा जहाज भएको बुद्ध एयरले थप दुई जहाज ल्याउँदै

१३ वटा जहाज भएको बुद्ध एयरले थप दुई जहाज ल्याउँदै

नेपालखबर
पुस ७, २०७७ मंगलबार ११:७,

नेपालको आन्तरिक बजारमा ठूलो हिस्सा भएको बुद्ध एयरले थप दुई नयाँ जहाज ल्याउँदै छ। १३ वटा जहाज भएको बुद्धले थप दुई एटीआर ७२ जहाज ल्याउनलागेको हो।

बुद्धले एउटा जहाज जनवरी १५ सम्म आइपुग्ने र अर्को केही समय लाग्ने जनाएको छ।

‘सम्झौता भएको जहाज जनवरी १५ सम्म आइपुग्ने आकलन रहेको छ’, बुद्ध एयरका प्रवक्ता रुपेश जोशीले भने, ‘अर्को जहाज आउन केही समय लाग्छ।’

बुद्धले जहाज उत्पादक कम्पनीबाटै खरिदका लागि कोभिड १९ महामारीअघि नै नयाँ जहाज ल्याउने प्रक्रिया अघि बढाए पनि रोकिएको थियो।

कम्पनीले ल्याउन लागेको जहाज क्षेत्रीय विमानस्थललाई आधार मानेर विभिन्न गन्तव्यमा उडान गर्ने लक्ष्य राखेको छ।

हाल कम्पनीका आठवटा एटीआर–७२, तीन एटीआर–४२ र दुई बिचक्राफ्ट गरी १३ वटा जहाज सञ्चालनमा छन्। थप दुई एटीआर–७२ सिरिजको जहाज थपिएलगत्तै कम्पनीको जहाज संख्या १५ वटा पुग्ने जोशीले बताए।

बुद्ध एयरले पोखरा, भैरहवा, विराटनगर भद्रपुर, सिमरा, जनकपुर, नेपालगञ्ज, भरतपुर, धनगढी लगायत विभिन्न गन्तव्यमा नियमित उडान गर्दै आएको छ।

कम्पनीले नेपालगञ्जबाट भारतको बनारस नियमित उडान गर्दै आएकोमा कोभिड महामारीयता बन्द छ ।

बुद्ध एयरका प्रबन्धनिर्देशक वीरेन्द्र बस्नेतले १ वर्षभित्र नेपालको पहाडी वा दुर्गम विमानस्थलमा जहाज सञ्चालन गर्ने बताउँदै आएका छन्। उनले त्यसको लागि ट्विनअटर वा अन्य जहाज ल्याउने भन्ने विषयमा कम्पनीले अध्ययन गरिरहेको बताउँछन्।

नेपालको दुर्गम तथा पहाडी विमानस्थलमा बुद्धको उडान कमजोर रहेको छ। साना नयाँ जहाज ल्याएर त्यो पूरा गर्ने लक्ष्य रहेको बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .