ad ad

कारोबार


चार महिनामा नेपाल आयात भयो १७ अर्बको दूरसञ्चार सामग्री

चार महिनामा नेपाल आयात भयो १७ अर्बको दूरसञ्चार सामग्री

नेपालखबर
पुस ७, २०७७ मंगलबार ११:०,

मुलुकमा निर्माण सामग्रीको आयात घटिरहेको बेला दूरसञ्चार प्रविधि क्षेत्रमा प्रयोग हुने वस्तुको आयात भने वृद्धि भएको छ।

दूरसञ्चार कम्पनीहरुले आफ्नो सेवा ग्रामीण क्षेत्र विस्तार, नयाँ प्रविधिको प्रयोग र फोरजीको विस्तार बढ्दै जाँदा यी वस्तुको आयात बढेको हो।

भन्सार विभागको चालू आर्थिक वर्षको पहिलो चार महिनाको तथ्यांकअनुसार मुलुकमा १७ अर्ब १ करोड १२ लाखभन्दा धेरैको दूरसञ्चार सामग्री तथा यसको मर्मतमा प्रयोग हुने पार्टहरुको आयात भएको छ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३ प्रतिशतले बढी हो। गत वर्षको पहिलो चार महिनामा मुलुकमा १२ अर्ब ७९ करोड ८ लाख रुपैयाँबराबरको दूरसञ्चारसम्बन्धी सामग्रीको आयात भएको थियो।

दूरसञ्चारका सामग्रीको आयात बढ्दै जाँदा मुलुकमा सूचना प्रविधिको क्षेत्रमा विकासका काम भइरहेको संकेत गर्छ। यस हिसाबले यस क्षेत्रमा प्रयोग हुने सामानको आयात बढ्नुलाई सकारात्मक रुपमा लिइन्छ।

त्यस्तै, चार महिनाको अवधिमा मोबाइल हेन्डसेटको आयात १४ अर्ब १५ करोड ७४ लाखभन्दा धेरैको भएको छ।

नेपालमा अहिले मुख्यगरी नेपाल टेलिकम र एनसेलले फोरजीको विस्तार, ग्रामीण क्षेत्रमार सेवा विस्तार, नयाँ प्रविधिको प्रयोग गरिरहेका छन्। त्यस बाहेक स्मार्ट टेलिकम र अन्य दूरसञ्च सम्बन्धी कम्पनी, इन्टरनेट सेवा प्रदायकहरुले पनि सेवा विस्तार गरिरहेका छन्।

निर्माण क्षेत्रमा प्रयोग हुने अन्य सामग्रीको आयात भने गत वर्षको तुलनामा घटेको छ। जस्तो कि आइरन स्टिल, मेसिनरी पार्टस्, यातायातका साधन र यसका पार्टस्पुर्जा, विद्युत र विद्युतीय सामग्री तथा पेट्राेलियम पदार्थको आयातमा गिरावट आएको छ।

आइरन स्टिल र यसको कच्चा पदार्थ झण्डै १४ प्रतिशतले कमी आउँदै पछिल्लो चार महिनामा ३७ अर्ब ११ करोडको आयात भएको छ।

त्यस्तै, पेट्रोलियम पदार्थ ३९ प्रतिशतले कमी हुँदै ३५ अर्ब ७१ करोड, मेसिनरी पार्ट्स १३ प्रतिशतले कमी हुँदै ३२ अर्ब ६६ करोड, यातायातका साधन र यसका पार्टस् पुर्जा साढे १७ प्रतिशतले कमी हुदैन २८ अर्ब ६६ करोड र विद्युतीय सामग्रीमा १४ प्रतिशतले कमी हुँदै १९ अर्ब २३ करोडको आयात भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .