ad ad

समाज


७२२ कोरोना संक्रमित थपिए, ९६६ निको भए, ३ को मृत्यु

७२२ कोरोना संक्रमित थपिए, ९६६ निको भए, ३ को मृत्यु

नेपालखबर
पुस ७, २०७७ मंगलबार १०:५४,

नेपालमा पछिल्लो २४ घण्टामा थप ७२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार अपरान्ह दिएको जानकारी अनुसार देशभरमा थप ७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार २३६ पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको संख्या ७ हजार ७२९ रहेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ९६६ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख ४५ हजार ७०९ पुगेको मन्त्रालयले जनाएको छ।

यस्तै कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या १ हजार ७९८ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .