ad ad

कारोबार


सेयरबजारमा उछालः ९५ अंकले बढ्यो सूचक, पौने ७ अर्बको कारोबार

सेयरबजारमा उछालः ९५ अंकले बढ्यो सूचक, पौने ७ अर्बको कारोबार

नेपालखबर
पुस ७, २०७७ मंगलबार ९:४५,

आज सेयरबजार उच्च अंकले बढेको छ। नेप्से सूचक ९५.४६ अंकले र सेन्सिटिभ सूचक १५.१८ अंकले बढेको हो।

मंगलबार २०५ कम्पनीको १ करोड २७ लाख कित्ताभन्दा बढी सेयर बिक्री भएको हो। नेपाल स्टक एक्सचेन्जका अनुसार आज ५५ हजार ७ सय २१ पटकको किनबेचपछि सेयरबजारमा ६ अर्ब ७४ करोड ७ लाख रुपैयाँको कारोबार भएको छ।

आज १२ वटै समूहको सूचक हरियो छ। यसमध्ये दुवै बीमा समूह र माइक्रोफाइनान्सको सेयर सूचक उच्च अंकले बढेको छ। सर्वाधिक कारोबारकर्ता कम्पनी भने नेपाल लाइफ इन्स्योरेन्स छ। उसको मात्रै ८६ करोडको कारोबार भएको छ।

त्यसपछि दोस्रो स्थानमा रहेको एनआईसी एसिया बैंकको ४६ करोडको, प्रभु बैंकको ३२ करोडको, एनसीसी बैंकको २७ करोडको र पुनर्बीमा कम्पनीको २४ करोडको कारोबार भएको छ।

आज १० भन्दा बढी कम्पनीको १० प्रतिशत हाराहारीमा सेयर मूल्य बढेको छ भने गुमाउनेमा दुईवटा कम्पनी छन्। दुई कम्पनीको १० प्रतिशत हाराहारीमै सेयर मूल्य घटेको नेप्सेले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .