ad ad

खेल


१३औं सागमा स्वर्ण जित्ने खेलाडी पुरस्कृत

१३औं सागमा स्वर्ण जित्ने खेलाडी पुरस्कृत

नेपालखबर
पुस ७, २०७७ मंगलबार ९:३५,

१३औँ दक्षिण एसियाली खेलकुद (साग)का दोहोरो स्वर्णपदक विजेतासहित अन्य पदक विजेता खेलाडी, प्रशिक्षक राष्टिय प्रतिभा पुरस्कारबाट सम्मानित भएका छन्।

युवा तथा खेलकुद मन्त्रालयको वार्षिक कार्यक्रमअन्तर्गत आवेदन परेकामध्ये ७ खेलाडी, २ प्रशिक्षक, २ खेल प्रायोजक तथा खेल संघ, निर्णायक र चिकित्सकलाई आज सम्मान गरेको हो।

राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित हुने खेलाडीमा सागका दोहोरो स्वर्णपदक विजेता करातेका मण्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य, गल्फका सुवास तामाङ छन्।

यस्तै साइक्लिङकी लक्ष्मी मगर, भारोत्तोलनका विकास थापा, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र शारीरिक सुगठनका समिर श्रेष्ठलाई राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मान गरिएको छ। लक्ष्मी, विकास र सन्तोषीले पनि १३औँ सागमा स्वर्णपदक जितेका थिए।

प्रशिक्षकमा तेक्वान्दोका मुख्य प्रशिक्षकहरु नवीनकुमार श्रेष्ठ र करातेका कुशल श्रेष्ठ र निर्णायकमा जुडोका धर्मकुमार श्रेष्ठ सम्मानित भएका छन्।

संघको तर्फबाट नेपाल गल्फ संघ, चिकित्सकको तर्फबाट डाक्टर ज्ञानेन्द्र विक्रम शाहलाई सम्मान गरिएको छ।

खेलकुदको विकास र प्रवर्द्धनमा सहयोग गरेकोमा काठमाडौं महानगरपालिका र कतार एयरवेजलाई प्रायोजकका रुपमा सम्मान गरिएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .