ad ad

राजनीति


गुटले पार्टी प्रवक्ता हटाउनुको कुनै अर्थ छैन : श्रेष्ठ

गुटले पार्टी प्रवक्ता हटाउनुको कुनै अर्थ छैन : श्रेष्ठ

नेपालखबर
पुस ७, २०७७ मंगलबार ९:४७,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफू नै पार्टीको आधिकारिक प्रवक्ता भएको बताएका छन्।

मंगलबार बबरमहलको कार्की पार्टी प्यालेसमा आयोजित प्रचण्ड–नेपाल समूहको केन्द्रीय समिति बैठकका बीच उनले गुटले प्रवक्ताबाट हटाउनुको कुनै अर्थ नहुने पबताए।

पार्टीको आधिकारिक बैठक भर्खर सुरु भएको भन्दै प्रवक्ता श्रेष्ठले आफूनै आधिकारिक प्रवक्ता भएको बताएका हुन्। ‘पार्टी केन्द्रीय समितिको बैठक त यहाँ बस्दै छ, कुनै गुटले, कुनै खोपीमा बसेर हटाउनुको के अर्थ रह्यो र?’, नेपालखबरसँग प्रवक्ता श्रेष्ठले भने।

यसअघि मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रधानमन्त्री ओली पक्षीय केन्द्रीय समिति बैठकले प्रवक्ताबाट श्रेष्ठलाई हटाएर प्रदीप कुमार ज्ञवालीलाई जिम्मेवारी दिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .