श्रीराम सुगर मिल्सले एक साताभित्र उखु किसानको सबै बक्यौता रकम भुक्तानी गर्ने बताएको छ।
बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै उद्योगले आर्थिक वर्ष २०७५/७६ मा खरिद गरेको उखुको भुक्तानी गर्न बाँकी बक्यौता रकम २५ करोड ९० लाख ५३ हजार ५२५ एक हप्ताभित्र भुक्तानी गरिसक्ने जनाएको हो।
पुस २ गतेदेखि सुरु गरेर ८ गतेसम्ममा सबै रकम भुक्तानी गरिसक्ने उद्योगले जनाएको छ।
आथिएक वर्ष २०७१/०७२ बाँकी बक्यौता रकम आर्थिक वर्ष २०७५/७६ वितरण भइसकेपछि पुर ९ गतेबाट हुने बताउँदै उद्योगले नागरिकताको प्रतिलिपि र सकल किसान पुर्जा लिइ सम्पर्क गर्न किसानलाई आग्रह गरेको छ।

48
Shares

प्रतिक्रिया