बिहीबार म्याक्रोंमा कोरोना पोजिटिभ देखिएको त्यहाँको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
कार्यालयले उनी अब ७ दिनसम्म आइसोलेसनमा बस्ने जानकारी दिएको छ।
म्याक्रोले बुधबार मात्र पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टासाग भोटघाट गरेका थिए। उनी प्रधानमन्त्री जिन कास्टेक्ससँगको सम्पर्कमा पनि थिए।
कास्टेक्सले आफू सेल्फ–आइसोलेसनमा बस्ने बताइसकेका छन्। फ्रान्समा बुधबार एकैदिन १७ हजारभन्दा बढीमा कोरोना पुष्टि भएको थियो। सोही अवधिमा त्यहाँ कोरोनाले २८९ को मृत्यु भएको थियो।
हालसम्म फ्रान्समा २४ लाखमा कोरोना पुष्टि भइसकेको छ, यहाँ ५९ हजार ३६१ को मृत्यु भइसकेको छ।
33
Shares

प्रतिक्रिया