ad ad

कारोबार


पर्यटनसम्बन्धी समितिहरुलाई दुई महिनाभित्र सम्पति विवरण बुझाउन निर्देशन

पर्यटनसम्बन्धी समितिहरुलाई दुई महिनाभित्र सम्पति विवरण बुझाउन निर्देशन

नेपालखबर
पुस १, २०७७ बुधबार ९:५०,

संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले मन्त्रालय मातहतका विकास समितिहरुलाई दुई महिनाभित्र सम्पति विवरण मन्त्रालयमा बुझाउन निर्देशन दिएका छन्।

बुधबार मन्त्रालय अन्तर्गतका संस्कृत सम्बद्ध निकाय (विकास समिति) हरुको अन्तक्र्रिया कार्यक्रममा मन्त्री भट्टराईले विकास समितिलाई गुरुयोजना निर्माण गरी अघि बढ्न निर्देशन दिँदै गुरु योजना निर्माण भए मन्त्रालयमा पेश गर्न तथा नभए तत्काल निर्माणको कार्य थालनी गर्न आग्रह समेत गरेका छन्।

मन्त्री भट्टराईले विकास समितिहरुलाई छाता ऐन बनाएर एकीकृत गर्ने योजना भएको बताउँदै महिना दिन भित्र सुझाव दिन भनेका छन्।

उनले विकास समितिहरुले मितब्ययिता अपनाउन साथै भेटिपाती पारदर्शिता तथा ब्यवस्थित गरी लेखा परीक्षण अनिवार्य गर्न तथा बेरुजु फस्यौट गर्नतर्फ लाग्न निर्देशन दिए।

उनले धार्मिक तथा सांस्कृतिक स्थलको विकासका लागि प्रदेश तथा स्थानीयतहको समन्वय गरेर बढी भन्दा बढी फाईदा लिन समेत आग्रह गरेका छन्। मन्त्री भट्टराईले धार्मिक स्थलहरुलाई नेपालको ऐतिहासिक अवस्था अध्ययन अनुसन्धान गर्ने थलोको रुपमा विकास गर्ने बताए।

अन्र्तक्रियामा पशुपति विकास कोष, लुम्बिनी विकास कोष, देवघाट क्षेत्र विकास समिति चितवन, पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङ, बौद्धनाथ क्षेत्र विकास समिति काठमाडौं, बौद्ध दर्शन प्रबद्र्धन तथा गुम्वा विकास समिति ललितपुर, बृहतर बराह क्षेत्र विकास समिति सुनसरी, मनकामना क्षेत्र विकास समिति गोरखा, हलेस िमहादेवस्थान विकास समिति खोटाङ, बृहत्तर जनकपुर क्षेत्र विकास समितिका अध्यक्ष र कार्यकारी निर्देशकहरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .