ad ad

राजनीति


संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्दा सरकारले संविधानको चिरहरण गर्‍याे: राप्रपा

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्दा सरकारले संविधानको चिरहरण गर्‍याे: राप्रपा

नेपालखबर
पुस १, २०७७ बुधबार ९:५५,

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को सचिवालय कार्यव्यवस्था बैठक सम्पन्न भएको छ।

बुधबार बसेको सो बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्ने प्रक्रिया र विषयवस्तुले संविधानको चिरहरण गरेको निष्कर्ष निकालेको छ।

त्यसैगरी राप्रपाले ‘भागवण्डा नमिलेर प्रतिपक्ष र गुटको उल्झनमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित रहनु गैरजिम्मेवार’ भएको समेत आरोप लगाएको छ।

राप्रपा नेता मोहन श्रेष्ठका अनुसार सो बैठकले पछिल्ला प्रकरणबाट संवैधानिक परिषदको उपादेयता समाप्त भएको ठहर गरेको छ भने राप्रपाले संवैधानिक परिषद्सम्बन्धी ल्याइएको अध्यादेश फिर्ता गर्नुपर्ने माग गरेको छ।

सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेकी थिइन्।

सरकारले संवैधानिक परिषद्को बैठक बस्न आवश्यक पर्ने गणपुरक संख्या नै कम तोकेर अध्यादेश ल्याएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .