स्थानीय बजारमा आज सुनको मूल्यमा प्रतितोला रु ८ सयले उकालो लागेको छ। पछिल्ला केही दिन झण्डैझण्डै स्थिर जस्तै रहेको सुनको मूल्यमा बुधबार वृद्धि भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला रु ९३ हजार १०० मा कारोबार भएको छ। मंगलबार छापावाला सुन प्रतितोला रु ९२ हजार ३०० मा कारोवार भएको थियो। मंगलबारको तुलनामा प्रतितोला रु ८ सयले उकालो लागेको महासंघले जनाएको छ।
यस्तै तेजाबी सुन आज प्रतितोला रु ९२ हजार ६५० मा कारोवार भएको छ। मंगलबार भने रु ९१ हजार ८५० मा कारोबार भएको थियो।
यस्तै, चाँदीमा पनि प्रतितोला रु ३० ले वृद्धि भएको छ। मंगलबार रु एक हजार २०० मा कारोबार भएको चाँदी आज भने एक हजार २३० मा कारोबार भएको छ। रासस
3
Shares

प्रतिक्रिया