हङकङमा एक प्रहरीले कन्चटमा गोली हानी गरे आत्महत्या

हङकङमा एक प्रहरीले कन्चटमा गोली हानी गरे आत्महत्या

नेपालखबर
पुस १, २०७७ बुधबार ६:२७,

एससीएमपीका अनुसार मंगलबार अपरान्ह ४ बजेर ३० मिनेट जाँदा अपराध अनुसन्धान विभागका ५७ वर्षका प्रहरी कन्स्टेबलले आत्महत्या गरेका हुन्।

घटनास्थलमा अवलोकन गर्दा प्रहरीले कन्स्टेबलले पेस्तोलले आफैंलाई गोली हानेको फेला पारेका थिए।

ती प्रहरीले सुसाइड नोटसमेत लेखेका थिए, जहाँ उनले आफू आर्थिक समस्यामा भएको उल्लेख गरेका छन्।

आत्महत्या गर्न अगाडि उनले आफ्ना साथीहरुको वाट्सएप ग्रुपमा आफूले आत्महत्या गर्न लागेको जानकारी दिएका थिए।

अफ डिउटीमा रहेका उनले आफूले अन्तर्वार्ता कोठामा आत्महत्या गर्ने र आफ्ना श्रीमतीलाई यो खबर सुनाउन पनि उनले आग्रह गरेका थिए।

दुईवर्ष अगाडि मात्र उनी सेवानिवृत्त भएका थिए, यद्यपी उनी कन्ट्र्याक्टमा काम गरिरहेका थिए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .