कारोबार


सोनममा विन्टर सेल अफर सुरु, छानिएका उत्पादनमा ७० प्रतिशतसम्म छुट

सोनममा विन्टर सेल अफर सुरु, छानिएका उत्पादनमा ७० प्रतिशतसम्म छुट

नेपालखबर
मंसिर ३०, २०७७ मंगलबार ९:३,

नेपालको प्रख्यात इन्डोर तथा आउटडोर रिटेल ब्रान्ड सोनमले वार्षिक विन्टर सेल अफर सार्वजनिक गरेको छ। यस अफर अन्तर्गत कम्पनीले छानिएका केही आइटममा ७० प्रतिशतसम्म छुट घोषणा गरेको छ।

मंसिर २१ गतेसम्म लागू हुने यस अफर अन्तर्गत नयाँ आइटममा पनि ग्राहकले १० प्रतिशतको विशेष छुट पाउने छन्। यो योजना सोनामका सबै आउटलेटमा लागू गरिएको छ।

सोनमले आफ्ना सबै उच्चस्तरीय सामान नेपालमै उत्पादन गर्छ। यसले सबै उमेर व्यक्तिहरुलाई हुने डाउन, फ्लिस र प्राइमालफ्ट ज्याकेट, स्वेटर, कोट पाइन्ट, ट्राउजर, सर्ट, हाफ प्यान्ट, पञ्जा, भेस्ट, ट्रेकिङगेयर, टेन्ट, ब्याग लगायत सामान उत्पादन तथा बिक्री वितरण गर्छ।

उच्च गुणस्तरका कारण सोनमका उत्पादनहरु छोटो समयमै ब्रान्ड र गुणस्तरप्रति सचेत उपभोक्तामाझ लोकप्रियता कमाउन सफल भएका छन्। गुणस्तरकै कारण सोनमलाई विश्वविख्यात ब्रान्डहरुको प्रतिस्पर्धी मानिन्छ।

सोनमले काठमाडौं उपत्यकाका विभिन्न ठाउँ लगायत पोखरा र चितवनमा समेत आउटलेट खोलिसकेको छ। काठमाडौं उपत्यकामा ठमेलको छाया सेन्टर र सातघुम्ती, गोंगबुको बिजी मल, कमलपोखरीको सिटी सेन्टर, बौद्धको टुसाल, चावहिलको केएल टावर, सुनधाराको सिभिल मल, त्रिपुरेश्वरको युनाइटेड वर्ल्ड ट्रेड सेन्टर, चक्रपथमा अमेरिकी दूतावास नजिकै, बानेश्वरको आइप्लेक्स कम्प्लेक्स, जावलाखेल र सातदोबाटोको सेल्सबेरीमा यसका आउटलेट छन्।

त्यसैगरी पोखराको लेकसाइड र न्युरोड तथा चितवनको सिजी ल्यान्डमार्कमा सोनमका आउटलेट छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad