राजनीति


मन्त्रीपरिषदमा छलफल नै नगरी अध्यादेशः संवैधानिक परिषदमा गणपुरक संख्या घटाइयो

मन्त्रीपरिषदमा छलफल नै नगरी अध्यादेशः संवैधानिक परिषदमा गणपुरक संख्या घटाइयो

नेपालखबर
मंसिर ३०, २०७७ मंगलबार ९:४,

सरकारले संवैधानिक परिषद्को बैठकसम्बन्धी कार्यविधि संशोधन गर्न अध्यादेश जारी गरेको छ।

विद्यमान व्यवस्थाअनुसार ६ जनाको परिषद्को बैठकको गणपुरक संख्याका लागि अध्यक्षसहित ४ जना सदस्य उपस्थित हुनैपर्ने प्रावधान छ।

तर मन्त्रिपरिषद्को सिफारिशमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको अध्यादेशले सो प्रावधान संशोधन गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार टिकाप्रसाद ढकालले बताए।

सो कार्यविधिको दफा ६ को उपदफा ३ को सो व्यवस्थालाई संशोधन गरी अध्यक्षसहित बहुमत सदस्यको उपस्थिति भएमा त्यसलाई गणपुरक संख्या पुगेको मानिनेछ भन्ने नयाँ व्यवस्था गरिएको छ।

राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिशमा सो अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

तर मंगलबार बसेको मन्त्रिपरिषद् बैठक अध्यादेशबारे भने कुनै छलफल नभएको एक मन्त्रीले बताएका छन्।

‘आज अत्यन्त सामान्य र नियमित एजेन्डामा छलफल भयो। कुनै राजनीतिक विषयमा प्रवेश नै गरिएको थिएन,’ एक मन्त्रीले मन्त्रिपरिषद् बैठकपछि नेपालखबरसँग भने।

यो पनिः
राष्ट्रपति भण्डारीद्वारा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad