कारोबार


ऊर्जा बचत गर्ने चार कम्पनीलाई राष्ट्रिय वाणिज्य बैंकले दियो झण्डै २ करोड

ऊर्जा बचत गर्ने चार कम्पनीलाई राष्ट्रिय वाणिज्य बैंकले दियो झण्डै २ करोड

नेपालखबर
मंसिर २९, २०७७ सोमबार १०:२०,

राष्ट्रिय वाणिज्य बैंकले जर्मन सरकारबाट केएफडब्लु बैंकमार्फत प्राप्त अनुदान सहयोगमा सञ्चालित ‘इनर्जी एफिसियन्सी प्रोग्राम नेपाल’को अनुदान सहयोग कार्यक्रमअन्तर्गत रकम हस्तान्तरण गरेको छ।
बैंकले चारवटा कम्पनीलाई १ करोड ९८ लाख ६९ हजार रुपैयाँ प्रदान गरेको हो।

यसअनुसार पशुपति आइरन एण्ड स्टिल प्रालिलाई एक करोड रुपैयाँ, बोटलर्स नेपाल लि.लाई ५२ लाख ९४ हजार रुपैयाँ, बागमती आयल इन्डष्ट्रिजलाई ४३ लाख ३५ हजार रुपैयाँ, हिमाल आइरन एण्ड स्टील प्रा.लि.लाई सात लाख ३४ हजार रुपैयाँ र इस्ट एशियन प्लाष्टिक इन्डष्ट्रिज प्रा.लि.लाई दुई लाख ४० हजार रुपैयाँ रकम हस्तान्तरण गरेको छ।

मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी कम्पनीहरुले यन्त्र उपकरण जडान गरेको हुँदा स्वीकृत अनुदान कार्यविधिअनुसार अनुदान सहयोग सम्झौता आदानप्रदान तथा अनुदान रकमको चेक सोमबार एक समारोहका बिच हस्तान्तरण गरिएको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलेले चेक हस्तान्तरण गर्दै अन्य उद्योगहरुलाई उर्जा बचत गर्ने कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आह्वान गरे। उनले हालसम्म १७ वटा उद्योगहरुलाई छ करोड ७४ लाख रुपैयाँ भन्दा बढी अनुदान रकम हस्तान्तरण गरिसकेको बताए।

नेपाल सरकार र जर्मन सरकारबीच सन् २०१० मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी उर्जा बचत गर्ने सम्झौताबमोजिम राष्ट्रिय वाणिज्य बैंकले इनर्जी एफिसियन्सी प्रोग्राम नेपाल आयोजना कार्यन्वयनको लागि परियोजना कार्यान्वयन संस्था (पीईए)को रुपमा सहायतासम्बन्धी कार्य गर्ने गरेको छ।

यस आयोजनाअन्तर्गत नेपालमा सञ्चालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुलाई मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशत सम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंक मार्फत उपलव्ध गराइने बैंकले जनाएको छ। यस आयोजनाअन्तर्गत कुनै एक ईकाइले मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरणमा लगानी गरेमा स्वीकृत अनुदान कार्यविधि भित्र रही अधिकतम रु. १ करोड सम्मको सहायता रकमका लागि दरखास्त दिन पाइनेछ।

उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकरी अधिकृतद्धय सरस्वती अधिकारी, देबेन्द्ररमण खनाल, विभागीय प्रमुख विनयरमण पौडेल, एडेल्फीका कन्सल्टैण्ट ज्ञानेन्द्र उपाध्याय, अनुदान रकम प्राप्त गर्ने कम्पनीका अधिकारीहरु क्रमशः पशुपति मुरारका, सौरभ थापा, विवेक राठी, जगदिश बैद्य, अनन्तकुमार मण्डला लगायत कर्मचारीहरुकोे उपस्थिति रहेको थियो । उपप्रबन्धक होमराज भट्टराईले कार्यक्रम सञ्चालन गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad