सेयरबजारमा मंगलबार पनि २४ अंकको गिरावट आएको छ।
नेप्से २४.६३ अंकले घटेर २६०८.३३ विन्दुमा झरेको हो। यस दिन ३ अर्ब २५ करोडको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
मंगलबारको कारोबारमा ३५ वटा सेयरको मूल्य अधिकतम १४.९९ प्रतिशतसम्म बढेको छ भने २३५ वटा सेयरको मूल्य अधिकतम १४.०३ प्रतिशतसम्म ओर्लिएको छ।
पाँचवटाको मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ।
यस दिन कम्पनीहरुको १३ करोडसम्मको मात्र कारोबार भएको छ।
6
Shares

प्रतिक्रिया