कारोबार


हुण्डाई एक्सचेञ्ज योजना बिहीबारबाट

हुण्डाई एक्सचेञ्ज योजना बिहीबारबाट

नेपालखबर
साउन १५, २०७६ बुधबार १३:४६,

 हुण्डाईले बिहीबारदेखि एक्सचेन्ज योजना सञ्चालन गर्ने गर्दैछ। नेपालका लागि हुण्डाई गाडीको आधिकरीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्ट प्रालिले साउन १६ गते देखि याे याेजना देशभरिनै सञ्चालनमा ल्याएको जनाएको छ।

साउन २३ गतेसम्म सञ्चालन हुने एक्सचेन्ज योजना बिहान १० देखि साँझ ६ बजेसम्म हुने बताइएको छ। हुण्डाईका बिभिन्न मोडलका गाडी एक्सचेन्ज गर्नुको साथै १५ हजार बराबरको एक्सचेन्ज बोनस र ४ वर्षसम्मको निशुल्क सर्भिस गरिनेछ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका महाप्रबन्धक रुपेश शर्मा भट्ट ग्राहकहरुलाई सँधै उत्कृष्ट सुविधा प्रदान गर्न लक्ष्मी हुण्डाई तल्लीन रहेको बताउँछन्।हुण्डाई एक्सचेन्ज क्याप नेपालको सम्पुर्ण डिलर नेटवर्कमा उपलव्ध गराउने उनले बताए।

यस कार्यक्रमले पनि ग्राहकहरुलाई उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्नेछ।

ग्राहकहरुको सुविधाको लागि विभिन्न कार्यक्रम र योजना आयोजना गरिरहने लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले वर्ष भरिनै आफ्नो ग्राहकको सुविधाको लागि यस्ता योजनाहरु र एक्सचेन्ज क्यापलाई निरन्तरता दिने लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad