कारोबार


उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

नेपालखबर
मंसिर १४, २०७७ आइतबार ०:१,

उद्याेगी/व्यवसायीकाे छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी भएका छन्।

आइतबार बिहान सम्पन्न मतगणनाअनुसार प्रतिस्पर्धी किशोर प्रधानलाई पराजित गर्दै ढकाल वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन्।

ढकालले एसोसिएटबाट ५२२, वस्तुगतबाट ५९ र जिल्ला-नगरबाट ५२ मत प्राप्त गरेका हुन्। उनका प्रतिद्वन्द्वी प्रधानले एसोसिएटबाट ३७४, वस्तुगतबाट ३९ र जिल्ला-नगरबाट ५३ मत प्राप्त गरे।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने भएकाले यसका लागि मतदान भएन। शेखर गोल्छा स्वतः अध्यक्ष भएका छन्।

साेहीबमाेजिम नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष ढकाल पनि अब ३ वर्षपछि स्वतः अध्यक्ष बन्नेछन् र गोल्छापछि (२०७९-२०८२) महासंघको नेतृत्व सम्हाल्नेछन्।

शनिबार राति नै सार्वजनिक मतपरिणामअनुसार महासंघको वस्तुगततर्फको उपाध्यक्षमा प्रधान प्यानलका अञ्जन श्रेष्ठ, जिल्ला-नगरतर्फ पनि प्रधान प्यानलकै दिनेश श्रेष्ठ र एसोसिएटतर्फ ढकाल पक्षका रामचन्द्र संघाई विजयी भएका छन्।

प्रधान समूहका अञ्जन श्रेष्ठ ढकाल समूहका उमेशलाल श्रेष्ठलाई पराजित गर्दै वस्तुगततर्फको उपाध्यक्षमा निर्वाचित भएका हुन्। उमेशलाल श्रेष्ठले ३७ मत प्राप्त गर्दा अन्जन श्रेष्ठले ६२ मत ल्याएर विजयी भएका हुन्।

यस्तै जिल्ला-नगरतर्फ प्रधान प्यानलका दिनेश श्रेष्ठले चन्द्र ढकाल प्यानलका गुणनीधि तिवारीलाई पराजित गरेका हुन्। महासंघ निर्वाचन समितिले दिएको जानकारीअनुसार कूल १०५ मत खसेकामा श्रेष्ठले ५५ र तिवारीले ५० मत प्राप्त गरेका हुन्।

यस्तै किशोर प्रधान समूहका सौरभ ज्योतिलाई २१ मतअन्तरले हराउँदै ढकाल पक्षका रामचन्द्र संघाई महासंघको एसाेसियटतर्फ उपाध्यक्षमा विजयी भएका हुन्। 

वरिष्ठ उपाध्यक्षका लागि ढकाल र प्रधान प्यानल नै बनाएर निर्वाचनमा उत्रिएका थिए।

महासंघकाे निर्वाचनअन्तर्गत जिल्ला-नगरका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठान, एसोसिएटका लागि कार्की ब्याङ्केट र वस्तुगतका लागि महास्घको केन्द्रीय कार्यालयमा मतदान गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad