ट्रम्पले आफूले निर्वाचन हारेको स्वीकार गर्दै बाइडेनको संक्रमणकालीन टोलीसँग मिलेर काम गर्ने बताएका छन्।
यसबीचमा बाइडेनले आफ्नो मन्त्रिमण्डलमा आफ्ना निकट रहेर काम गरेका र विश्वास पात्रका रुपमा रहेका एन्थोनी ब्लिन्कनलाई विदेशमन्त्रीको भूमिका दिने बताएका छन्।
सीएनएनका अनुसार बाइडेनले होमल्यान्ड सेक्युरिटी मन्त्रीको रुपमा एलेजान्द्रो मायोरकासलाई नियुक्त गर्ने पक्का भइसकेको छ। उनी अमेरिकाको होमल्यान्ड सेक्युरिटीलाई नेतृत्व गर्ने पहिलो ल्याटिनो हुने पनि जनाइएको छ।
बाइडेनले चिफ अफ स्टाफमा रोन क्लेनलाई छनौट गरेका छन्भने उनले नेसनल इन्टिलिजेन्स डिरेक्टरको रुपमा एभरिल हेन्सलाई छनौट गर्ने पक्का भएको छ। यससँगै एभरिल नेसनल इन्टिलिजेन्स सम्हाल्ने पहिलो महिला बन्ने भएकी छिन्।
यो पनिः को हुन् अमेरिकाको विदेशमन्त्री बन्न लागेका ब्लिन्कन?
यस्तै बाइडेनले अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकारको रुपमा जेक सुलिभानलाई छनौट गरेका छन्भने लिन्डा थोमस–ग्रिनफिल्डलाई संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत बनाउनेछन्।
बाइडेनले जोन केरीलाई पेरिस जलवायू सम्झौताका लागि अमेरिकी प्रतिनिधि बनाउने बताइसकेका छन्। ट्रम्प कार्यकालमा अमेरिका यस सम्झौताबाट बाहिरिएको थियो।
बाइडेनले अमेरिकाको सरकार सम्हाल्ना साथ ट्रम्पको नीतिहरुलाई उल्ट्याउने अनुमान गरिएको छ। बाँकी रिक्त पदहरुमा बाइडेनले आगामी केही दिनमा टुंगो लगाउने बताइएको छ।
प्रतिक्रिया