माटो ब्राण्डको स्टोर कुपण्डोलमा पनि सञ्चालनमा आएको छ। अर्गानिक फलफूल र तरकारी पाइने माटो ब्राण्डको नयाँ स्टोर सञ्चालनमा ल्याइएको हो।
गोल्यान ग्रुपले उत्पादन सुरु गरेको अर्गानिक फलफूल तथा तरकारी उपत्यकालगायत देशका विभिन्न स्थानहरुमा बिक्रीवितरण भइसकेको छ।
‘आत्मनिर्भरताको उपाय खोजौँ, नेपाली माटोको उत्पादन रोजौँ’ भन्ने नारासहित बजारमा आएको यो ब्राण्ड पूर्ण अर्गानिक भएको समूहले जनाएको छ।
अहिले विभिन्न सुरमार्केट हरुसागको सहकार्यमा समेत बिक्रीवितरण भइरहेको छ भने भ्यानमार्फत पनि विभिन्न स्थानमा आफ्ना अर्गानिक उत्पादन पुर्याउने गरेको छ।
प्रतिक्रिया