ad ad

समाज


कोरोना संक्रमित सशस्त्र प्रहरी निरीक्षक बुढाथोकीको मृत्यु

कोरोना संक्रमित सशस्त्र प्रहरी निरीक्षक बुढाथोकीको मृत्यु

नेपालखबर
मंसिर ९, २०७७ मंगलबार ६:२१,

सशस्त्र प्रहरी निरीक्षक नवीन बुढाथोकीको कोरोना संक्रमणका कारण ज्यान गएको छ।

विराटनगरको विराट मेडिकल कलेजमा उपचाररत बुढाथोकीको सोमबार राति ज्यान गएको सशस्त्र प्रहरी नायब महानिरीक्षक तथा प्रवक्ता राजु अर्यालले जानकारी दिए।

असोज २७ गते कोरोना संक्रमण पुष्टि भएका बुढाथोकीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

१० वर्षपहिले सेवा सुरु गरेका नवीन सशस्त्र प्रहरी ३ नंम्बर गण मोरङमा कार्यरत थिए।

तेह्रथुमको म्याग्लुङ नगरपालिका १ घर भएका उनको मंगलबार दाहसंस्कारको तयारी गरिएको सशस्त्रले जनाएको छ।

कोरोना संक्रमणका कारण हालसम्म तीन जना सशस्त्र प्रहरीको ज्यान गएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .