कारोबार


टेलिकमले गर्‍यो अटम अफरका सुविधा परिमार्जन

टेलिकमले गर्‍यो अटम अफरका सुविधा परिमार्जन

नेपालखबर
मंसिर ५, २०७७ शुक्रबार १०:३०,

नेपाल टेलिकमले हाल उपलब्ध गराइरहेको अटम अफरअन्तर्गतको प्रतिदिन १ जीबी डाटा प्याकलाई थप सुविधासहित केही परिमार्जन गरेको छ।

परिमार्जित अफर आज शुक्रबार राति १२ बजेपश्चात लागू हुने कम्पनीले जनाएको छ।

हाल उपलब्ध भइरहेको प्रतिदिन १ जीबी डाटा प्याकअन्तर्गत प्रतिदिन १ जीबी डाटा प्रयोग गर्न सकिने गरी ७ दिनका लागि २ सय ५० रुपैयाँमा उपलब्ध भइरहेको प्याक र २८ दिनका लागि ८ सय ५० रुपैयाँमा उपलब्ध भइरहेको प्याकमा भ्वाइस सुविधा थप हुने गरी नयाँ इको भ्वाइस प्लस डाटा कम्बो प्याक ल्याइएको हो।

सो अनुसार इको भ्वाइस प्लस डाटा कम्बो प्याकअन्तर्गत २ सय ५० रुपैयाँमा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा ९८ मिनेट भ्वाइस कल र प्रतिदिन १ जीबी डाटाको हिसाबले जम्मा ७ जीबी डाटा ७ दिनभित्र प्रयोग गर्न सकिने छ।

यसैगरी ८ सय ५० रुपैयाँमा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा ३९२ मिनेट भ्वाइस कल र प्रतिदिन १ जिबी डाटाको हिसाबले जम्मा २८ जीबी डाटा २८ दिनभित्र प्रयोग गर्न सकिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .