समाज


इजरायलले पनि थाल्यो कोरोना भाइरसविरुद्धको खोपको परीक्षण

इजरायलले पनि थाल्यो कोरोना भाइरसविरुद्धको खोपको परीक्षण

नेपालखबर
कात्तिक १७, २०७७ सोमबार ६:१६,

इजरायलले आइतबार एउटा कोरोनाभाइरस खोपको क्लिनिकल परीक्षण सुरु गरेको अधिकारीहरूले बताएका छन्।

साथै इजरायल सरकारले कोभिड–१९ सङ्क्रमण रोक्न लिएका नियन्त्रणका उपायलाई पनि खुकुलो पार्ने बताएको छ ।

‘हामी सुरुङ्को अन्त्यमा प्रकाश देख्न सक्छौँ’, प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले तेल अवीव नजिकै शेबा मेडिकल सेन्टरमा पत्रकारहरूसँग भने।

महामारीको सुरुमै नेतान्याहूले इजरायल इन्स्टिच्युट फर बायोलोजिकल रिसर्च (आईआईबीआर)लाई कोभिड–१९ भाइरसविरूद्ध खोप विकास गर्न निर्देशन गरेका थिए।

खोपको सुरुवात शेबा मेडिकल सेन्टर र जेरूसेलमको हद्दास मेडिकल सेन्टरमा कार्यरत दुई स्वयम्सेवकहरूलाई दिएर आइतबार गरिएको हो।

इजरायलले पहिलो चरण ८० जनामा खोपको परीक्षण गर्नेछ भने दोस्रो चरणमा ९८० जनामा परीक्षण गर्नेछ र अन्तिम चरणमा अप्रिल वा मेसम्ममा तेस्रो अर्थात् अन्तिम परीक्षण २५ हजार व्यक्तिमा गर्ने बताइएको छ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार इजरायली परीक्षण विश्वव्यापी रूपमा परीक्षण भइरहेका अग्रणी ४० खोपहरुमध्ये एक हो।

इजरायलमा अहिलेसम्म कुल तीन लाख १४ हजार व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ भने दुई हजार ५ सय ४१ व्यक्तिको मृत्यु भएको छ।

इजरायलले आइतबारदेखि प्राथमिक तहमा पढ्ने विद्यार्थीका लागि आफ्नो पढाइका लागि विद्यालय जान अनुमति प्रदान गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad