कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले हरेक प्रदेशमा कृषिको राष्ट्रिय गौरवको एउटा आयोजना बनाउने बताएका छन्।
उनले धनुषामा रहेको प्रदेश २ को कृषि राष्ट्रिय गौरव आयोजना स्थलको स्थलगत निरीक्षण क्रममा यस्तो घोषणा गरेका हुन्।
धनुषा जिल्लाको कमला र जनक नन्दनी नगरपालिकाको १४ हजार भन्दा धेरै विघा जमिनमा सहकारी तथा सामूहिक खेतीमार्फत कृषि आयोजना अघि बढाउन पूर्व सम्भाव्यता अध्ययन गरिने पनि उनले घोषणा गरे।
२०६४ सालमा कमला नदीले धार परिवर्तन गरेर अलपत्र परेको हजारौं बिघा जमिनलाई उचित प्रयोग गरेर आयोजना अघि बढाउन सकिने प्रदेश सरकारको राय छ। आयोजना क्षेत्र १० किलोमिटर लामो र २ किलोमिटर चौडाइको छ।
कृषि मन्त्रालयको मत्स्य विकास महाशाखाको टिमले स्थलगत निरीक्षण गरेर सकारात्मक राय दिएपछि मन्त्री भुसालले उक्त स्थानको निरीक्षण गरेका हुन्।
संघ, प्रदेश र स्थानीय सरकारको लगानीमा जमिनको स्वामित्व किसानकै कायम रहने गरी सबै वडामा सहकारीमार्फत आयोजना अघि बढाइने प्रारम्भिक तयारी भैरहेको छ।
Shares
प्रतिक्रिया