कारोबार


क्लिनफिड : केबल टेलिभिजन महासंघले सरकारलाई बुझायो ११ बुँदे ज्ञापनपत्र

क्लिनफिड : केबल टेलिभिजन महासंघले सरकारलाई बुझायो ११ बुँदे ज्ञापनपत्र

नेपालखबर
कात्तिक ३, २०७७ सोमबार १२:१७,

नेपाल केबल टेलिभिजन व्यवसायी महासंघले क्लिनफिड लागू गर्ने समय नजिकिँदै गर्दा त्यसअघि सरकारले विभिन्न विषयलाई तत्काल सम्बोधन गर्नुपर्ने भन्दै ज्ञापनपत्र बुझाएको छ।

महासंघले सोमबार ११ बुँदे ज्ञापनपत्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बुझाउँदै क्लिनफिड लागू गर्ने मिति कात्तिक ७ गतेभित्र ती विषयलाई सम्बोधन गर्न आग्रह गरेको हो।

महासंघले कात्तिक ७ गते नै क्लिनफिड लागू गर्न र यस सम्बन्धमा रहेका विभिन्न विषयहरुलाई सम्बोधन गर्न नेपाल सरकारलाई आग्रह गरेको हो।

महासंघले आईपीटीभीमा प्रयोग हुने एन्ड्रोइड आईपीटीभी बक्सबाट अनुमति नलिएका च्यानल तथा सामग्रीहरु प्रसारण हुने भएकाले सो कार्य तत्काल रोक्न सरकारसमक्ष आग्रह गरेको छ।

एमएसओ र डीटीएचले प्रयोग गर्ने सेट टप बक्स डिजिटल बक्सले सरकारको कानुनअनुसार प्रसारण अनुमति लिएको भन्दै एन्ड्रोइड आईपीटीभी बक्स प्रयोग गरी एप्लिकेसनको माध्यमबाट अनुमति लिएका च्यानल तथा भिडियो पुनः प्रसारण गर्न पाउने तर एमएसओलगायतले डिजिटल बक्स प्रयोग गरी लिनियर कन्टेन तथा डाउलिङक अनुमति प्राप्त विदेशी च्यानलहरु लगायतका सामग्री प्रसारण गर्न पाउनु फरक व्यवहार भएको जनाएको छ।

यस्तो फरक प्रकृतिको व्यवहार कानुनले नदिने भन्दै आईपीटीभीले हाल प्रयोग गरिरहेको एन्ड्रोइड आईपीटीभी बक्समा लिनियर कन्टेन्ट तथा डाउनलिंक अनुमति प्राप्त विदेशी च्यानलहरुभन्दा बाहेकका अन्य सामग्रीहरुको प्रसारण गर्न नपाउने व्यवस्था तत्काल रोक्न महासंघले सरकारसमक्ष आग्रह गरेको छ।

त्यस्तै महासंघले अनुमति नलिई टेलिभिजन च्यानल सञ्चालन गर्ने विभिन्न एप्लिकेसन तथा ओटीटी सेवालाई पनि बन्द गर्न आग्रह गरेको छ।

महासंघले एक प्रसारक संस्थाले प्राप्त गरेको र प्रयोग गर्नुपर्ने कल साइन अन्य अन्य कम्पनीले प्रयोग गरेको र फ्रिक्वेन्सी मर्जर गरेको कार्य गैरकानुनी भएको हुँदा तत्काल कारबाही गरी कानुनबमोजिम मात्र सञ्चालन गराउन सरकारलाई आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad