कारोबार


अमेरिका र इरान शान्ति सम्झौताको मस्यौदा तयार, घट्न थाल्यो कच्चा तेलको मूल्य

अमेरिका र इरान शान्ति सम्झौताको मस्यौदा तयार, घट्न थाल्यो कच्चा तेलको मूल्य

नेपालखबर
असार १, २०८३ सोमबार १२:२१, काठमाडौँ

अमेरिका र इरानले शान्ति सम्झैता गर्ने घोषणा गरेपछि सोमबार एसियाली बजारको प्रारम्भिक कारोबारमा कच्चा तेलको मूल्य तीव्र रूपमा घटेको छ। 

अमेरिका र इरान शान्ति सम्झौता गर्न राजी भएको र हर्मुज जलडमरू खुल्ला हुने जानकारी अमेरिकी राष्ट्रपछि डोनाल्ड ट्रम्पले आफ्नो सोसल मिडिया सोसल ट्रुथमा लेखेका छन।

सोमबार विहानको कारोबारमा कच्चा तेलको मूल्य ३.९५ प्रतिशतले घटेर प्रतिव्यारेल ८३.८८ अमेरिकी डलरमा कारोबार भएको छ डब्लुटीआई कच्चा तेल ४.६२ प्रतिशतले घटेर प्रतिव्यारेल ८०.९६ डलरमा झरेको छ। 

पछिल्ला केही सातादेखि अमेरिका र इरानले शान्ती सम्झौता गर्न लागेको  हल्लासँगै तेलको मूल्य विस्तारै घट्दै आएको थियो। तर, त्यसअवधिमा सैन्य कारबाहीहरु भने रोकिएका थिएनन्। मे महिनाको मध्यतिर उच्च बिन्दुमा पुगेको तेलको मूल्य केही दिनदेखि क्रमशः ओरालो लागिरहेको छ। 

आइतबार राति राष्ट्रपति ट्रम्पले इरानसँगको सम्झौता हुन लागेको घोषणा गर्दै सम्झौतामा हस्ताक्षर भएपछि हर्मुज जलडमरूबाट पुनः तेल आपूर्ति सुरु हुने बताएका थिए। 

इरानका उपविदेशमन्त्री काजेम घरिवाबादीले समझदारीपत्रको मस्यौदालाई अन्तिम रूप दिइएको र शुक्रबार स्विट्जरल्यान्डमा औपचारिक हस्ताक्षर समारोह हुने पुष्टि गरेका छन्। 

सम्झौताका प्रमुख मध्यस्थकर्ता पाकिस्तान र कतारले पनि उक्त सहमतिलाई पुष्टि गरेका छन्। सम्झौताका सबै विवरण सार्वजनिक भइनसके पनि इरानको अर्धसरकारी समाचार संस्था मेहर न्युज एजेन्सीले वार्ता टोली निकट स्रोतलाई उद्धृत गर्दै केही विवरण सार्वजनिक गरेको छ।

ती विवरणअनुसार लेबनानमा जारी युद्धको अन्त्य, इरानी तेलमाथिका प्रतिबन्ध स्थगन, रोक्का गरिएका २४ अर्ब अमेरिकी डलर बराबरका इरानी सम्पत्ति फुकुवा तथा इरानले आणविक हतियार उत्पादन नगर्ने प्रतिबद्धता समावेश छन्। 

समाचार संस्थाहरुका अनुसार युद्धविराम अवधिमा इरानमाथिका प्रतिबन्धहरू क्रमशः हटाइने र रोक्का रकम फुकुवा गरिनेछ। वार्ता सुरु हुनुअघि नै १२ अर्ब डलर उपलब्ध गराइने पनि जनाइएको छ। 

यो सम्झौता युद्ध सुरु भएयताकै सबैभन्दा महत्वपूर्ण कूटनीतिक उपलब्धि मानिए पनि सम्झौतामा औपचारिक हस्ताक्षर नभएसम्म र समुद्री मार्ग भएर हुने ढुवानी पूर्ण रूपमा सामान्य अवस्थामा फर्किने सुनिश्चित नभएसम्म बजारको अनिश्चितता भने कायमै रहनेछ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad