ज्योति ग्रुपका निर्देशक सौरभ ज्योतिलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। उनीसँगै उनकी श्रीमती सृजना ज्योतिलाई पनि कोरोना संक्रमण पुष्टि भएको हो।
सौरभ ज्योतिले सामाजिक सञ्जालमा उक्त जानकारी दिएका छन्। उनले आफूसँग सम्पर्कमा रहेका व्यक्तिहरुलाई पनि सचेतना अपनाउन भनेका छन्।
उनले आफ्नो फेसबुक पेजमा लेख्दै भनेका छन्, ‘सधैँ पोजेटिभ सोच राख्ने व्यक्ति कोरोना पोजेटिभ भएको छु। तर पनि आफूलाई केही नभएको र फिट एण्ड फाइन छ।’

प्रतिक्रिया