कारोबार


९ मन्त्रालयको बजेटमाथि संसद्‍मा छलफल सुरु

९ मन्त्रालयको बजेटमाथि संसद्‍मा छलफल सुरु

नेपालखबर
असार १, २०८३ सोमबार १३:३७, काठमाडौँ

प्रतिनिधिसभामा अर्थमन्त्रीले पेस गरेको आगामी आर्थिक बर्षको बजेट अर्थात्  विनियोजन विधेयक, २०८३ माथि छलफल सुरु भएको छ। 

प्रतिनिधसभाको आजको बैठकमा विभिन्न नौ मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल सुरु भएको हो।

प्रतिनिधसभामा युवा, श्रम तथा रोजगार, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा पर्यावरण, सूचना तथा सञ्चार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल सुरु भएको हो।

सभामुख डोलप्रसाद अर्यालले बजेटमा खर्च कटौतीको प्रस्ताव राख्ने सांसदहरुलाई आफ्नो प्रस्तावसहित उल्लिखित विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिन समय दिएका छन्।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले गत जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गरेका थिए। 

यसअघि प्रतिनिधिसभामा बजेटमाथि सामान्य छलफल र अर्थमन्त्रीबाट जवाफ दिने कार्यक्रम सम्पन्न भइसकेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad