दाङको लमहीस्थित एक होटलमा विदेशी मुद्राको कारोबार गर्ने तीन जना पक्राउ परेका छन्।
बस्नेत होटलमा कारोबार गरिरहेका धादिङको गल्छी गाउँपालिका ५ का ३१ वर्षीया सर्मिला कोइराला, उनका श्रीमान ५६ वर्षीय रामबहादुर तामाङ र बाँकेको राप्ती सोनारी गाउँपालिका ३ का २८ वर्षीय मंगल प्रसाद थारु पक्राउ परेका हुन्।
सर्मिलाको ब्यागमा २० थान अमेरिकन डलर फेला प्रहरीको बाँकेका डीएसपी सुमित खड्काले बताए।
उनीहरुलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया