कारोबार


वर्ल्डलिंकले फेसबुकसँग मिलेर ७ हजार ५ सय ठाउँमा ‘निःशुल्क’ ‘एक्सप्रेस वाइफाई’ चलाउने

वर्ल्डलिंकले फेसबुकसँग मिलेर ७ हजार ५ सय ठाउँमा ‘निःशुल्क’ ‘एक्सप्रेस वाइफाई’ चलाउने

नेपालखबर
असोज २२, २०७७ बिहिबार १०:११,

इन्टनेट सेवा प्रदायक वर्ल्डलिंकले फेसबुकसँगको सहकार्यमा नेपालमा एक्सप्रेस वाइफाई चलाउने भएको छ।

हाललाई ७५ सय स्थानमा यस्तो वाइफाई चलाउनलागेको वर्ल्डलिंकले २०२३ सम्ममा मुलुकका ३० हजार ठाउँमा यस्तो वाइफाई चलाउने योजना भएको जनाएको छ।

अहिले वर्ल्डलिंकले १० हजार सार्वजनिक ठाउँमा निःशुल्क वाइफाई सेवा दिइरहेको छ। यसमध्ये ७५ सय स्थानमा एक्सप्रेस वाइफाई हुनेछ। बिहीबार भर्चुअल कन्फ्रेन्स गर्दै वर्ल्डलिंकले ‘एक्सप्रेस वाइफाई’ सञ्चालन गर्न फेसबुकसँगको सहकार्य गर्न लागेको घोषणा गरेको हो।

वर्ल्डलिंकका वाइफाई प्रोजेक्ट म्यानेजर पुनित मानन्धरले फेसबुकसँगको सहकार्यमा यो प्रोजेक्ट सञ्चालन गर्न लागेको हो।

वर्ल्डलिंकले सार्वजनिक ठाउँमा दिएको यो सेवा निश्चित समय र निश्चित डेटा मात्र निःशुल्क प्रदान गर्छ। उसको लिमिटेड समय र डेटापछि भने शुल्क लाग्छ।

कम्पनीले २०१८ देखि नै यस्तो निःशुल्क रुपमा वाइफाई दिन सुरु गरेको थियो। अहिले १० हजार ठाउँमा यस्तो सेवा लिइरहेको अवस्थामा फेसबुकसँग सहकार्य गरेर निश्चित समयको लागि निःशुल्क वाइफाई सञ्चालन गर्न लागेको हो।

वर्ल्डलिंकका अध्यक्ष दिलिप अग्रवालले एक्सप्रेस वाइफाईको लागि फेसबुकेको सफ्टवेयर प्रयोग गरेर वर्ल्डलिंकको नेटवर्कबाट यो सेवा दिन लागिएको बताए।

‘थप व्यवस्थापन र गुणस्तरको लागि यो एक्सप्रस वाइफाई ल्याएको हो’, उनले भने, ‘फेसबुकको म्यानेजमेन्टबाट गुणस्तरीय वाइफाई हुनेछ।’

अग्रवालले आफूसँग इन्टरनेट र नेटवर्क भएको तर व्यवस्थापन गर्न गर्न सफ्टवेयर नभएको अवस्थामा फेसबुकसँग सहकार्य गरेको बताए।

फेसबुकका ग्रोथ म्यानेजर अमित सिंहले एक्सप्रेस वाइफाईले डेटा प्रयोग बढाउने र यो इन्टरनेट प्रयोगको अवसर पनि भएको बताए।

‘इन्टरनेटका प्रयोगमा राम्रो अनुभव गराउन यो एक्सप्रेस वाइफाई सञ्चलान गर्न लागिएको छ’, उनले भने, ‘यो गुणस्तरीय हुनेछ।’

उनले यस वाइफाइले सर्बसाधरण तथा कुनै पनि व्यवसायमा नेटवर्क बनाउन सहयोग गर्ने उनले बताए।

अहिले १० हजार ठाउँमा रहेको वाइफाइमा मासिक ५ लाख ग्राहक प्रयोग गरिरहेको कक्पनीको भनाइ छ। यो सेवाले निम्न वर्ग र कनेक्सन कम भएको ठाउँमा वाइफाइ सर्भिस चलाउन गर्न सहयोग गर्ने र यसलाई दीर्घकालिन योजनाका रुपमा अगाडि बढाउन फेसबुकसँग सहकार्य गरेको कम्पनीले जनाएको छ।

त्यस्तै अहिलेसम्म नेपालीले मात्र यो निशुल्क वाइफाइ सेवा सञ्चालन गर्न पाएकोमा अब फेसबुकसँगको सहकार्यमा विदेशीले पनि चलाउन सक्ने बनाएको जनाएको छ।

यसको लागि विदेशी पर्यटकको ह्वाट्एपबाट ओटिपी नम्बर पाउन पाउने र त्यो नम्बर राखेर वाइफाइ प्रयोग गर्न सक्ने उसले जनाएको छ।

२५ वर्षदेखि इन्टरनेट सेवा लिइरहेको वल्र्डलिंक पब्लिक कम्पनीमा गइसकेको अवस्थमा सर्वसाधरणलाई पनि सेयर जारी गर्नेगरी तयारी पनि गरिरहेको छ।

वर्ल्र्डलिंक आईसीटी क्षेत्रमा सबैभन्दा धेरै कर तिर्ने करदाता कम्पनी र आईसीटी क्षेत्रमा सबैभन्दा धेरै रोजगारदाता हो।

मुलुकमा खपत हुने कुल व्यान्डविथमध्ये ४३ प्रतशत वर्ल्डलिंकले प्रयोग गरिरहेको कम्पनीले बताएको छ।

वर्ल्डलिंक सन् १९९५ मा सुरु भएर दुई वर्षपछि इमेल सेवा सुरु गर्दै १९९९मा भिस्याट सेवा सुरु गरेको थियो। साथै, सन् २००० बाट काठमाडौंबाहिर इन्टरनेट सेवा सुरु गरेको थियो।

वर्ल्डलिंक आर्थिक वर्ष २०७६÷७७ मा १० औं ठूलो करदाता कम्पनी बनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad