सेयरबजार आज सामान्य अंकले घटेको छ। बजार मापक नेप्से सूचक तीन दशमलव १९ अंकले रातो भएको हो।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज १ सय ९० वटा कम्पनीको ८० लाख १९ हजार कित्ता सेयर बिक्री भएको छ। दिनभरिमा ३६ हजार २ सय ८२ पटकको खरिदबिक्रीमा आज १ अर्ब ९५ करोड ३६ लाख ३६ हजार रुपैयाँको कारोबार भएको हो।
११ बजे खुलेको सेयरबजार दिउँसो १ बजेसम्म निरन्तर ओरालो लागे पनि त्यसपछि उकालो लाग्न सुरु भएको थियो। आज नेप्से १५५०.४३ विन्दुमा रोकिएको छ। आज सेन्सिटिभ सूचक पनि शून्य दशमलव ६४ अंकले घटेको छ।
आज वाणिज्य बैंक, व्यापार, होटल, निर्जीवन बीमा, उत्पादन, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा सबैको कारोबार सूचक घटेको छ भने विकास बैंक, जलविद्युत्, फाइनान्स र म्युचुअल फन्डको सूचक भने बढेको छ।
आजको कारोबारमा दुईवटा कम्पनीको १० प्रतिशतले सेयर मूल्य बढेर सर्किट लागेको छ। कामना सेवा विकास बैंक र जोशी हाइड्रोपावर कम्पनीको उच्च अंकले बढेको हो। आज धेरै घट्ने कम्पनी ६.८७ प्रतिशतसम्मले ओरालो लागेका छन्। आज नेपाल पुनर्बीमा कम्पनीको ११ करोडको सेयर कारोबार भएको छ। यो नै आजको सर्वाधिक कारोबार हो।

प्रतिक्रिया