ad ad

कारोबार


इप्लानेटले आगामी शुक्रबार भर्चुअल अस्ट्रेलियन एजुकेसन मेला आयोजना गर्ने

इप्लानेटले आगामी शुक्रबार भर्चुअल अस्ट्रेलियन एजुकेसन मेला आयोजना गर्ने

नेपालखबर
असोज १४, २०७७ बुधबार ६:२६,

काठमाडौंको बागबजारमा भर्चुअल अष्ट्रेलियन एजुकेसन मेला सञ्चालन हुने भएको छ।

शैक्षिक कन्सल्टेन्सी एजुकेसन प्लानेटले यही आउँदो असोज १६ गते शुक्रबार (सेकेन्ड अक्टोबर २०२० मा) कोरोना महामारीलाई मध्यनजर गर्दै भर्चुअल प्रविधिद्वारा मेला आयोजना गर्न लागेको हो।

मेला कम्पनीको बागबजारस्थित प्रधान कार्यालयमा हुनेछ। अस्ट्रेलियाका २० भन्दा बढी विश्वप्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरुको सहभागिता रहने मेलामा नेपाललगायतका विभिन्न देशहरुबाट अस्ट्रेलियामा अध्ययन गर्न चाहने विद्यार्थीहरु सहभागी भई प्रत्यक्ष लाभ लिनसक्ने कम्पनीका कार्यकारी निर्देशक नयन लामिछानेले बताए।

उनका अनुसार मेलाबाट विद्यार्थी तथा अभिभावकहरुले विश्वविद्यालयका प्रतिनिधिहरुसँग प्रत्यक्ष संवाद गर्न सक्नेछन्। मेलाबाट विद्यार्थीहरुले आफ्नो शैक्षिक योग्यताअनुसारको छात्रवृत्ति, निःशुल्क आवेदन तथा अन्य विशेष छुटहरु प्राप्त गर्नुका साथै अध्ययन गर्न जान चाहेका विश्वविद्यालयहरुमा सिट सुनिश्चित समेत गर्नसक्ने कम्पनीका कार्यकारी प्रमुख सविन पण्डित क्षेत्रीले बताए।

कोरोना महामारीको वर्तमान परिस्थितीलाई मध्यनजर गर्दै विद्यार्थीहरुले अष्ट्रेलियामा अध्ययन गर्न जाने बारे सबै जानकारी दिन र जिज्ञासाहरुको समाधान गर्न प्लानेटले अनलाइन पीटीई÷आईईएलटीएस क्लास, अनलाइन अब्रोड क्युमुडी एन्ड करिअर काउन्सिलिङ, इप्लानेट क्युएम एन्ड्रोइड एप सर्भिस, भर्चुअल करिअर डेभलपमेन्ट सेसन, युनिभर्सिटी इन्फरमेसन सेसन लगायतका विभिन्न अनलाईन तथा भर्चुअल सेवा दिंदै आएको छ।

यसका साथै कोभिड १९ सम्वन्धि नेपाल सरकार तथा अन्तराष्ट्रिय स्वस्थ्य संगठनबाट जारी गरिएका सुरक्षा मापदण्डहरुको पूर्ण पालना गरी उक्त सेवाहरु प्रदान गर्दै आएको जानकारी गराएको छ।

इप्लानेट भर्चुअल अस्ट्रेलियन एजुकेसन फेयरका बारेमा जानकारी दिँदै कम्पनीका प्रबन्धक बुद्धिबहादुर गुरुङले एजुकेसन प्लानेटका शाखाहरु लगनखेल, चितवन, कावासोती, बुटवल, पोखरा, इटहरी हुँदै भारतको हैदरावादबाट पनि विद्यार्थीहरुको उल्लेखनीय सहभागिता रहने बताए।

यस विषम परिस्थितिमा पनि इप्लानेटले आयोजना गर्न लागेको ये मेला, बर्षकै बृहत मेला हुने र सहभागि सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरुको जिज्ञासाको समाधान गर्नसक्ने कम्पनीले जनाएको छ। कम्पनीले विगत १६ वर्षदेखि एजुकेसन कन्सल्टेन्सी क्षेत्रमा विश्वसनीय सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .