महालक्ष्मी विकास बैंक बीपीए अवार्डबाट सम्मानित भएको छ। नेपाली लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले आयोजना गरेको बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बीपीए) अवार्ड २०१८ विकास बैंकतर्फ महालक्ष्मी बैंकले पाएको हो।
उक्त समारोहमा अर्थमन्त्री डा.युवराज खतिवडाले बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेलाई सो अवार्ड प्रदान गरेका हुन्।
बैंकले पाएको यस सफलताको श्रेय बैंकका ग्राहकवर्ग, नियमक निकाय, शुभचिन्तक एवं सेयरधनी महानुभावहरुलाई दिँदै आगामी दिनहरुमा पनि यस्तै सफलता र भरोसाको आशा गरेको बताए।

प्रतिक्रिया