पीसीपीएस कलेजले फ्युजमेशिन्सको सहकार्यमा बीएससी (आनर्स) कम्प्युटर साइन्स एवं साफ्टवेयर इन्जिनियरिङका साथै आर्टफिशियल इन्टेलिजेन्स (एआई)मा माइक्रोडिग्री पनि प्रदान गर्ने गरी नयाँ कार्यक्रम शुरु गरेको छ। आर्टफिशियल इन्टेलिजेन्सको सिकाईको लागी माइक्रोडिग्री टिएम कार्यक्रम एक तत्वरिक शिक्षण कार्यक्रम हो।
यो कार्यक्रम अमेरीकाका अग्रणी विश्वविद्यालयहरुका प्राध्यापकहरु र आर्टफिशियल इन्टेलिजेन्स (एआई)उद्योगमा संलग्न विषेशज्ञहरुद्वारा तयार पारिएको हो। मेशिन लर्निङ (एमएल) डिप लर्निङकाे मुख्य उद्देश्य स्नातक डिग्रीको साथै आर्टफिशियल इन्टेलिजेन्स (एआई)मा दक्ष बनाउनु हो। यस साझेदारी कार्यक्रम अन्तरगत विद्यार्थीले बीएससी (आनर्स) कम्प्युटर साइन्स एवं साफ्टवेयर इन्जिनियरिङ साथ साथै फ्युजमेशिन्सको आर्टफिशियल इन्टेलिजेन्स (एआई)मा माइक्रोडिग्री पनि प्राप्त गर्ने छन्।
माइक्रोडिग्री कोर्ष विश्वव्यापी प्रविधी उद्योगको परिर्वतनशील माग र आवश्यकतालाई ध्यानमा राखेर डिजाईन गरिएको कोर्ष हो, फ्युजमेशिन्सका संस्थापक तथा सिइओ प्राडा. समीर मास्के भन्छन, ‘नेपाल र विश्वभर एआई इन्जिनियरहरुको बढ्दो माग पुरा गर्नको लागी कलेज र विश्व विद्यालयहरुले एआई कोर्ष समावेश गर्न आवश्यक छ। तसर्थ हामी पीसीपीएस कलेजसँग यो कदम चालेर निकै सकारात्मक ढंगबाट अगाडि बढेका छौं।’
पीसीपीएस कलेजका अध्यक्ष पंकज जालानका अनसार, यस साझेदारी अन्तर्गत विद्यार्थीहरुले एआईमा माइक्रोडिग्री कोर्षको साथै कम्प्यटर विज्ञान र सफ्टवेयर इन्जिनियरिङमा स्नातक डिग्री प्राप्त गर्नेछन्। उन्नत पाठ्यक्रमहरु मेशिन लर्निङ र डिप लर्निङ माइक्रोडिग्रीका हिस्साको रुपमा प्रस्ताव गरिएको छ। यो पुरा भएपछि, विद्यार्थीहरुलाई इन्टर्नसीप र प्लेसमेन्टको लागी थप सहयोग गर्ने उनले जनाए।
युनिभर्सिटि अफ बेडफोर्डसायर, बेलायतबाट सम्वन्धन प्राप्त ‘पीसीपीएस कलेज’ले स्नातक स्तरको विएस्सी, अनर्स इन कम्प्युटर साइन्स एण्ड सफ्टवेयर इन्जिनियरिङ र ब्याचलर इन विजनेस एडमिनिष्ट्रेसन कार्यक्रमहरु अध्धयन अध्यापन गराउँदै आएको छ।
टाइम्स युकेको रेन्किङ अनुसार १३० वर्ष पुरानो युनिभर्सिटि अफ बेडफोर्डसायर विश्वको उत्कृट एक हजार विश्व विद्यालय मध्ये एक हो। यो विश्व विद्यालयमा १२० मुलुकको २२ हजार विद्यार्थी अध्ययनरत छन्।
यो विश्व विद्यालयको कार्यक्रमहरु चीन र भियतनाम लगायत मध्य पुर्व, युरोप, दक्षिण पुर्व एशिया लगायतका अन्य देशहरुमा सञ्चालित छ।
कलेजका अनुसार यो विश्व विद्यालयबाट अध्ययन गरेका ९२ प्रतिसत विद्यार्थीहरुले ६ महिनामै काम गर्न थाल्छन वा उच्च अध्ययन तिर लाग्छन्।

प्रतिक्रिया