कारोबार


लिमीमा पाँच महिनापछि नेट

लिमीमा पाँच महिनापछि नेट

नेपालखबर
भदौ ३०, २०७७ मंगलबार १५:५६,

बिग्रेको पाँच महिनापछि हिमाल पारिको गाउँ लिमी उपत्यकामा नेट चलेको छ। हुम्ला जिल्लाको उत्तरी क्षेत्रमा पर्ने नाम्खा गाउँपालिका ६ को लिमीमा मर्मतपछि इन्टरनेट सेवा फेरि चलेको हो।

इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिंकले विस्तार गरेको इन्टरनेटमा आएको खराबीका कारण अवरुद्ध भएको नेट सेवा पाँच महिनापछि सञ्चालनाा आएको कम्पनीका हुम्ला प्रतिनिधि रामजन रावतले जानकारी दिए।

इन्टरनेटको डिभाइसमा आएको खराबीले अवरुद्ध भएपछि आफूहरु सम्बन्धित क्षेत्रमा पुगेर मर्मत गरेपछि नेट चलेको उनको भनाइ थियो।

नेपाल टेलिकमको भिस्याट टेलिफोन सेवाले राम्रोसंँग काम नगरेका अवस्थामा इन्टरनेट सेवा चले पनि चीनको सिमानासँग जोडिएका तीन गाउँ सञ्चार सम्पर्कमा आएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad